जनादेश वाच ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गाली गर्ने ठेक्क लिएर प्रधानमन्त्री केपी ओलीको संविधानमाथिको कूमा साथ दिँदै मन्त्री पड्काएका मणि थापा क्रान्तिकारी धारणबाट पूर्णतः च्युत भएको देखिएको छ ।
लाभकै लागि आफूले सँगै क्रान्ति गरेका प्रचण्डको साथ छाडेर बालुवाटार समूहतर्फ लागेपछि खानेपानी मन्त्री बनेका थापाले आफू कुन राजनीतिक व्यवस्थामा रहेको भन्ने हेक्कासमेत नराखेको देखिएको छ ।
शनिबार नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका मन्त्री थापाले ओली सरकारको तर्फबाट बोल्दै ‘श्री ५ को सरकार’को तर्फबाट बोलेको बताए ।
राजतन्त्र फालेर गणतन्त्र ल्याउन दिलोज्यान दिएका भनिएका थापाले प्रधानमन्त्री ओलीलाई श्री ५ मान्ने गरेका हुन् कि भन्ने प्रश्न पूर्वमाओवादीहरुले गरेका छन् ।
प्रचण्डले २ दिन अघि मात्र ओली श्री ३ जंगबहादुर बन्न खोजेको आरोप लगाएका थिए । त्यसको २ दिनपछि मणि थापाले उनलाई श्री ५ को सरकार भनेका छन् ।
प्रचण्डलाई धोका दिएर आफूतर्फ लागेकाहरुलाई मन्त्री दिएका ओलीले हरेक भाषणमा प्रचण्डलाई गाली नगरे पद नरहने चेतावनी दिएको बताइन्छ ।
यो पनि हेर्नुस् –
जिन्दगीभरको आदर्शलाई गाली गर्दै कसरी निदाउँछन् ओली पक्षमा लागेका माओवादी नेताहरु !