आङ सान सूचीलाई तत्काल रिहा गर्न देउवाको आग्रह – Janadesh Daily | ePaper

आङ सान सूचीलाई तत्काल रिहा गर्न देउवाको आग्रह


जनादेश, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सूचीलाई तत्काल रिहा गरी निर्वाचित सरकार पुनर्स्थापना गर्न म्यानमार सेनालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा ट्वीटरमा गर्दै देउवाले सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न आग्रह गरेका हुन् ।

“आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ” उनले लेखेका छन् ।

म्यानमारको सेनाले सोमबार बिहान सैन्य कू गर्दै म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका नेता तथा सरकारी अधिकारीहरुलाई पक्राउ गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्