मुठभेडको मुडः विहानै ट्याक्सी जलाइयो, सडकमा निस्केकाअष्टलक्ष्मी शाक्यसहित दर्जनौं नेता पक्राउ – Janadesh Daily | ePaper

मुठभेडको मुडः विहानै ट्याक्सी जलाइयो, सडकमा निस्केकाअष्टलक्ष्मी शाक्यसहित दर्जनौं नेता पक्राउ


जनादेश अपडेट ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड- माधव समूहले आयोजना गरेको आम हड्ताल मुठभेडको मोर्चा बन्ने संकेत देखिएको छ ।

आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी गरिएको छ भने प्रहरीले पनि व्यापक धरपकड गरेको छ ।

आज विहानै गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

यसैबीच, बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आम हड्ताल सफल पार्न सडकमा निस्किएका २७ जनालाई काठमाडौंमा समातिएको युवा संगठन नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनादेशलाई जानकारी दिएका छन् ।

त्यस्तै नेकपा प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुलाई गिरफ्तार गरिएको जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।’

आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।

Posted by Bishnu Rijal on Wednesday, 3 February 2021

 

विहानको अवस्था हेर्दा आम हड्तालको समय मुठ्भेडका लागि सहायक बन्ने खतरा देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्