के हो विष्णु रिजाल र गुरु भट्टराईको लडाईँ, ‘साइबर स्याल’ भन्दै रिजालको कडा चेतावनी – Janadesh Daily | ePaper

के हो विष्णु रिजाल र गुरु भट्टराईको लडाईँ, ‘साइबर स्याल’ भन्दै रिजालको कडा चेतावनी


जनादेश सोसल मिडिया वाच ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता विष्णु रिजालले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलगायतले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् ।

आपराधिक हिसावले आफूविरुद्ध षड्यन्त्र गर्नेहरुविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको पनि नेता रिजालले बताएका छन्।

नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यक्तिको चरित्र हत्या गरेबापत सरकारी नियुक्ति पाएका र यस्तै कुकर्म गर्ने जिम्मा पाएका गुरु भट्टराईलगायतका केही कायर साइबर स्यालहरू राजनीतिक विषय नपाएपछि कथा बुनेर सामाजिक सञ्जालमा मेराविरूद्ध आपराधिक रूपमा प्रस्तुत भएका छन्।’

चेतावनी दिँदै उनले लेखेका छन्, ‘यस्ता अपराधीहरूका विरूद्धमा कानुनी प्रक्रिया सुरु भइसकेको छ र यिनका यस्ता हर्कतले मलाई एकरति हतोत्साहित गर्न सक्ने छैन।’

यसपछि गुरुप्रसाद भट्टराईले पनि नेता रिजाललाई पुनः गाली गर्दै निर्दोष प्रमाणित गर्न चेतावनी दिएका छन्। तर नेता रिजालविरुद्ध के आरोप लगाइएको हो भन्ने कुरा अहिले दुवैका सामाजिक सञ्जालमा उल्लेख गरिएको देखिँदैन।

गुरु भट्टराई  प्रचण्ड माधव नेपाल लगायत ओली इतरका नेतालाई गाली गरेवापत नेपाल रेलवे कम्पनीका महाप्रबन्धक पद केपी ओलीबाट उपहार पाएका व्यक्ति हुन् ।

उनले ओलीलाई भगवान भन्दै ओली इतरका नेताहरुलाई निकृष्ट भाषामा गाली गर्ने गरेका छन् ।

यो पनि हेर्नुस्

 सभामुखको रिटमा सुनुवाई हुँदैः के होला ३४ जनाको जागिर ! ओली पनि पर्न सक्छन् कारवाहीमा 

मिडिया एलायन्सलाई प्रचण्डको सन्देशः ओलीसँग तुलना नगर्नुस् !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्