जनादेश, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वतन्त्रताको आडमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाडा र उत्तेजित तथा व्यक्तिकेन्द्रीत अभिव्यक्ति सार्वजनिक हुने गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले स्वतन्त्रताको नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्ने तयारी भैरहेको बताए । छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २ हजार ७७ जारी गर्ने तयारी गरिएको पनि मन्त्री गुरुङले बताएका छन् ।
तोकिएकै मितिमा निर्वाचन हुने दाबी दोहोर्याका मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नै आधिकारीक भएको दाबी समेत गरेका छन् ।