जनादेश, काठमाडौँ ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले यो प्रावधान देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद भएको टिप्पणी गरेका छन् । भट्टराईले प्रतिगमन राजनीतिक मात्रै नभई सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुॅदै गरेको बताउँदै यसविरुद्ध सशक्त प्रतिरोध गर्न आह्वान गरेका छन् ।
उनले लेखेका छन्, ‘महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध मात्र हैन, देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को पनि हो । प्रतिगमन राजनीतिक मात्रै हैन, सँगसँगै सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुँदैछ ! सशक्त प्रतिरोध गरौं ।’
महिला विदेश जाॅदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध मात्र हैन देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद जमर्को पनि हो।प्रतिगमन राजनीतिक मात्रै हैन संगसंगै सामाजिक/सांस्कृतिक सबै क्षेत्रमा हुॅदैछ! सशक्त प्रतिरोध गरौं।
— Baburam Bhattarai (@brb1954) February 11, 2021