जनादेश, काठमाडौँ ।
नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेसँगै कांग्रेस नेता गगन थापाले आक्रोश व्यक्त गरेका छन् । सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिँदै थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुँने बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले सरकारले आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्दै त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । यस्तै, उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै थापाले लेखेका छन् ,’कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।— Gagan Thapa (@thapagk) February 11, 2021