जनादेश, काठमाण्डौ । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहाइ गरेको छ । पक्राउ परेको ५ घण्टापछि उनलाई रिहा गरिएको हो । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर छोडिएको बताइएको छ ।
झाँक्रीलाई आजै विहान पक्राउ गरी महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।
नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।