जनादेश सोसल मिडिया वाच ।
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिले मुलुकमा चलिरहेको संकटका तीन मुख्य कारण औल्याएका छन् ।
तीनवटा संरचनात्मक कारणले संकट देखिएको भन्दै नेता भट्टराईले अहिलेको संकटको संरचनात्मक कारण र त्यसको दीगो हल ३ वटा उपाय समेत सुझाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालमा संकट निम्तिनुको पहिलो संरचनात्मक कारण विश्वमा नयाँ शितयुद्धको थालनी र नेपालमा त्यसको प्रभाव भएको ठहर गरेका छन् । त्यसका लागि नेपालले बेलैमा नयाँ रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
दोश्रो कारण विश्व उत्तर–पुँजीवादी चरणमा रहेको र नेपाल किनारा–पुँजीवादी चरणमा भएकोले संकट निम्तिएको बाबुरामको निष्कर्ष छ । त्यसका लागि नेपालले विश्वसँग पदचाप मिलाउनुपर्ने उनले बताएका छन् ।
ऐलेको संकटको संरचनात्मक कारण र दीगो हल:१.नयाॅ शितयुद्धको थालनी र नेपालमा प्रभाव;बेलैमा नयाॅ रणनीति बनाऊॅ;२.विश्व उत्तर-पुॅजीवादी चरणमा,नेपाल किनारा-पुॅजीवादी चरणमा;विश्वसंग पदचाप मिलाऊॅ;३.नवउदारवाद(कांग्रेस)र स्टालिनवाद(नेकपा)को खच्चड राजनीति;नयाॅ समाजवादी लोकतन्त्रको विकास गरौं!
— Baburam Bhattarai (@brb1954) February 11, 2021
वर्तमान संकटको तेश्रो कारण नेपालमा काँग्रेसमा नवउदारवाद र नेकपामा स्टालिनवादको खच्चड राजनीति देखिएको बाबुरामको आरोप छ । त्यसका लागि नयाँ समाजवादी लोकतन्त्रको विकास गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
बाबुरामले लामो समयदेखि नेपालमा तीव्र राजनीतिक ध्रुवीकरण आवश्यक रहेको र ओली सरकारलाई परास्त गर्न सबै सडकमा आउनुपर्ने बताउँदै आएका छन् ।