जनादेश, काठमाण्डौ । प्रतिगमन र महिला हिंसा विरुद्ध काठमाडौंमा महिला मार्च गरिएको छ ।
प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले गरेको महिला मार्च बसन्तपुरबाट सुएर भद्रकालीमा आएपछि कोणसभामा परिणत भएको छ । मार्चमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखेका छन् ।
उनीहरुले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन र हत्यारालाई कारवाही गर्न माग गरेका छन् । आन्दोलनकारीले महिला हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् ।
उनीहरुले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । मार्चमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका छन् ।