जनादेश सोसल मिडिया वाच ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीका सभालाई पञ्च भेलाको सज्ञा दिएपछि ओली समूहका गोकुल बाँस्कोटाले आक्रोशित प्रतिक्रिया जनाएका छन् ।
७० करोडको कमिसन भ्रष्टाचार काण्डमा परेका ओली समूहका नेता बाँस्कोटाले मानव कंकालहरूमाथि उभिएर विजयको गीत गाउन सक्नेहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको जनताको सागरलाई पञ्चर्याली देख्नु अनौठो भएको टिप्पणी गर्दै प्रचण्डलाई नाम नलिइकन जवाफ दिएका हुन् ।
मंगलवार राति ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन्, फेरि भन्छु-निर्ममतापुर्वक हत्या गरिएका मानव कङकालहरुमाथि उभिएर विजयको गीत गाउन रमाउन सक्नेहरुले ओलीको पक्षमा दृढतासाथ खडा हुने जनताको सागरलाई पञ्चरयाली देख्नु कुन अनौठो भो र? जे भन्नु छ,भनि राख । मलाई के चासो ।
फेरि भन्छु-निर्ममतापुर्वक हत्या गरिएका मानव कङकालहरुमाथि उभिएर विजयकाे गीत गाउन रमाउन सक्नेहरुले ओलीकाे पक्षमा दृढतासाथ खडा हुने जनताकाे सागरलाई पञ्चरयाली देख्नु कुन अनाैठाे भाेर?जे भन्नु छ,भनि राख।मलाई के चासाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 16, 2021
सोमबारमात्र प्रचण्डले चितनवमा ओलीले प्रतिक्रान्तिको बाटो हिडेका कारण सबै मोर्चामा पराजित हुँदै गएको दाबी गरेका थिए ।
विगतमा राजा महाराजाहरूले जस्तैगरी जमिन दिने प्रलोभन देखाएर भिड जम्मा गरे जस्तै प्रधानमन्त्री ओलीले पनि सत्ताको शक्ति र पैसा खर्च गरेर पञ्च भेला गरिरहेको अध्यक्ष प्रचण्डको आरोप छ ।