पीएसजीको फराकिलो जित – Janadesh Daily | ePaper

पीएसजीको फराकिलो जित


एजेन्सी । युइएफए च्याम्पियन्स लिगको तयारीमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपुर्ण खेलमा स्कटिस क्लब सेल्टिकमाथि फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, नेयमार, एन्डर हेरेरा र पाब्लो सारावियाले गोल गरे ।

पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो । एमबाप्पेले खेलको पहिलो मिनेटमा नै गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पुरै टोली परिवर्तन गरिएपनि पीएसजीले थप दुई गोल गर्न सफल भएको थियो । ४८औं मिनेटमा एन्डर हेरेराले तथा ६७औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

फ्रान्समा मे देखि नै फुटबल गतिविधि स्थगित भएपछि पीएसजीले लगातार अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेलमा पीएसजीको यो लगातार तेस्रो जित हो । एक खेल भने हुन सकेन ।

अब पीएसजीले फ्रेन्च कपको फाइनलमा सेन्ट इटिएनसँग शनिबार राति प्रतिस्पर्धा गर्दैछ । त्यसपछि पीएसजीले १ अगस्टमा कोपा डि लिग कपको फाइनलमा लियोनसँग खेल्नेछ । १३ अगस्टमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्