जनादेश सोसल मिडिया वाच ।
संसद पुनर्स्थापना भएपछि केपी ओलीको विकल्पमा को प्रधानमन्त्री बन्छ भन्ने जिज्ञासा चौतर्फी उठेको छ ।
नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।
नेकपाको प्रचण्ड–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि काठमाडौं नछाड्न निर्देशन दिइसकेको छ । तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकको छैन । प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण प्रचण्ड–नेपाल पक्ष अलमलमा छ ।
यही अलमलप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले फेरि पुरानै पारा नदेखाउन आग्रह गरेका छन् । हाल दिल्लीमा उपचाररत रहेका उनले फेरि सत्ताको खेलमा सांसद खरिद विक्रीमा नलाग्न आग्रह गरेका छन् ।
ट्वीटरमा बाबुरामले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!’
सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!
— Baburam Bhattarai (@brb1954) February 25, 2021
उता अर्का विद्वान विश्लेषक सूर्यराज आचार्यले पनि स्थिरताका लागि निर्वाचित कार्यकारी प्रणालीमा जान सकिने विकल्प अघि सारेका छन् ।
उनले पनि ट्वीटरमै लेखेका छन्, ‘संविधान लेख्दै गर्दा संविधानका धाराले कसिकसाउ रुपमा बाधेर सरकार/संसदमा स्थिरता खोजियो। तर चल्तिको राजनीतिक अभ्यास स्थिरता उन्मुख भएन। पात्र, प्रवृत्ति, संवैधानिक व्यवस्था र प्रणाली बिच लय मिलेन। यो राजनीतिक समस्या दोहोरिइरहने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने कि?’
संविधान लेख्दै गर्दा संविधानका धाराले कसिकसाउ रुपमा बाधेर सरकार/संसदमा स्थिरता खोजियो। तर चल्तिको राजनीतिक अभ्यास स्थिरता उन्मुख भएन। पात्र, प्रवृत्ति, संवैधानिक व्यवस्था र प्रणाली बिच लय मिलेन। यो राजनीतिक समस्या दोहोरिइरहने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने कि?
— Surya Raj Acharya (@SuryaRAcharya) February 25, 2021
संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।