‘अबको तीज नो व्रत प्लिज’लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’मा – Janadesh Daily | ePaper

‘अबको तीज नो व्रत प्लिज’लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’मा


‘उहाँहरुको सहमति नभइन्जेल प्राइभेट गरेका हौं,’ हाइलाइट्स

काठमाडौँ । युट्युब च्यानल हाइलाइट्स नेपालले आइतबार सार्वजनिक भएको गायिका सोफिया थापाको ‘अबको तीज नो व्रत प्लिज’लाई युट्युबमा प्राइभेटमा राखेको छ । पछिल्लो समय गीतले धार्मिक आस्थालाई आघात पुर्‍याएको भन्दै हिन्दु धार्मिक संगठनका व्यक्तिहरुले गीत हटाउन गायिका र युट्युब च्यानललाई दबाब दिएका थिए ।

लगातार गीत हटाउन दबाब सहेकी गायिका सोफिया अहिले आफू शून्य अवस्थामा रहेको बताइन् । ‘म शून्य छु । अहिले आएर कस्तो तनाव दिने गीत रहेछ त, कस्तो तरंग ल्याउने सिम्पल गीत रहेछ भनेर छक्क पर्‍या छु । यो त अत्ति नै भएन त । एउटा संस्था मिलेर एउटा कलाकारको गीत नै हटाइदिने भनेपछि त एउटा कलाकारले कति दबाब भोग्नुपर्ने स्थिति रहेछ देखियो नि ।’

लगातार धम्की आइरहँदा पनि गीत हटाउन नहुने पक्षमा थिइन् सोफिया । ‘हटाउन हुँदैन नि । यो त असमान्य अवस्था हो । एउटा शक्ति मिलेर कलाकारको सिर्जनालाई क्रस गर्न सक्नु भनेको त समाजको लागि चिन्ताको विषय हो,’ उनले भनिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्