जनादेश, काठमाडौँ ।
श्रीमतीको हत्या गरी जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् ।
श्रीमती गीता ढकालको विभत्स हत्यापछि पक्राउ परेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले घटनामा मृतकको समेत गल्ति रहेका देखाउदै जन्म कैद सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको थियो । यस सजाए अनुसार कोइराला आज डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।
कोइरालाले साँढे ८ वर्ष अघि श्रीमती गीता ढकालको हत्या गरी शव प्लाष्टिकमा पोको पारी मकवानपुरको जंगलमा लगेर जलाएका थिए ।
यो पनि पढ्नुहोस् :http://janadeshdaily.com/2266/