प्रदेश १ का थप चार प्रहरीमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

प्रदेश १ का थप चार प्रहरीमा कोरोना संक्रमण पुष्टि


जनादेश, काठमाडौं ।

प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, आज थप १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जनायउको छ । संक्रमित पाँच जनालाई क्वारेन्टिनमा राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्