जनादेश, काठमाडौँ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विप्लव समूह र सरकारबीच भएको सम्झौता स्वागतयोग्य भएको बताएका छन् ।
यस्तै, संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुने बताउँदै भट्टराईले रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूको रिहाइ माग गर्दै उनीहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ! ‘
सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!
— Baburam Bhattarai (@brb1954) March 4, 2021