जनादेश, काठमाडौँ ।
नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्दै शुभकामना दिएका हुन् ।
‘नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ। सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद ,’उनले लेखेका छन् ।
नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ।सरकार र नेकपा(विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्।यसमा योगदान गर्ने सबैलाई धन्यवाद ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 5, 2021