कांग्रेस प्रवक्ता शर्माको प्रश्न : विप्लवले हातहतियार बुझाउने बुँदा खोइ ? – Janadesh Daily | ePaper

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : विप्लवले हातहतियार बुझाउने बुँदा खोइ ?


जनादेश, काठमाडौँ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हातहतियार बुझाउने बुँदा नभएको बताउँदैै सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै शर्माले सहमतिमा राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न खडा गरेका हुन् । उनले लेखेका छन् ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’

यस्तै, शर्माले कम्युनिस्ट आन्दोलनको नाममा अब कोही नेपाली मारिने छैनन् भन्दै उद्घोष गर्ने बेला भएको जनाएका छन् । ‘नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न, ‘०२८ मा केपी–सिपी, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड, सबैको नाम र काम उस्तै, परिणाम उस्तै । कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भनेर साझा उद्घोष गर्ने वेला भएन कमरेडहरू ? ’ शर्माले लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्