गुरु भट्टराईले गरे एमाले नेताहरु ब्ल्याकलिष्टेडः ‘ओली आगो, अरु खरानी’,गौतम पिँध विनाको लोटा – Janadesh Daily | ePaper

गुरु भट्टराईले गरे एमाले नेताहरु ब्ल्याकलिष्टेडः ‘ओली आगो, अरु खरानी’,गौतम पिँध विनाको लोटा


जनादेश, काठमाण्डौ । रेल नचलाउने तर रातदिन फेसबुक चलाउने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले एमालेका आठ जनालाई ब्ल्याक लिष्ट गरेर अरुलाई आत्मालोचनासहित पार्टीमा भित्र्याउनुपर्ने स्टाटास पोष्ट गरेका छन् । महाप्रबन्धक भट्टराईले झलनाथ खनाल, माधव नेपाल, भीम रावल,घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्री, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको नाम उल्लेख गरेर पार्टीमा निषेध गराउन उनीहरूलाई ब्ल्याक लिष्ट गर्नुपर्ने लेखेका छन् ।

वामदेव गौतमलाई पिँध विनाको लोटा भन्दै जतापनि पुर्लुक्क पल्टिन सक्ने भनिएको छ । भट्टराईले आठ जना नेता ब्ल्याक लिष्टेड भएकाले अरुलाई सच्चिएर आउनसक्ने बताउँदै शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु रिमाल, राजन भट्टराई, वसन्त नेम्वाङ्ग र सूर्य थापालाई बोधार्थ दिएका छन् ।

तिनै भट्टराईले अबको ओली रणनीति यस्तो हुनुपर्छ भनेरसमेत फेसबुक रंग्याएका छन् ।
१.माधव नेपाल गुटबाट सुरेन्द्र पाण्डेको नेतृत्वमा नेताहरूलाई ओली नेतृत्वमा ल्याउने । सुरेन्द्र पाण्डेले भने आत्मालोचना गर्नुपर्ने ।
२.मधेशवादी दललाई विश्वासमा लिने । प्रदेश २ मा मधेशी दललाई स्पेस दिनु भनेको नेकाको भोट ब्याङ्क समाप्त पार्ने कुरा हो । बाबुराम र उपेन्द्रलाई छोडेर महन्थ र राजेन्द्रलाई घाँस हाल्ने ।

३. पश्चिम तराईमा हृदयेश त्रिपाठी नेतृत्वको पार्टीसँग गठबन्धन गर्ने र पश्चिम तराईका मधेशीमा होल्ड राख्ने ।
४. रुकुम,रोल्पालगायत माओवादी प्रभाव क्षेत्रमा विप्लव नेतृत्वको माओवादीसँग मोर्चा निर्माण गर्ने ।

यति काम गरौं, अनि हेरौं ओलीसँग भिड्न आउने आँट कसले राख्दो रहेछ !

भट्टराईको अर्को एउटा फेसबुक स्टाटसमा लेखिएको छ

‘अध्यक्ष हुन हिँडेका माकुने धन्न अझै एमालेको केन्द्रीय सदस्य बाँकी छन् । साधारण सदस्यबाट निकाला गरेको दिन म जति खुशी अरु को होला ?’

त्यसैगरी, ‘प्रधानमन्त्री ओलीले अरु थुप्रै सरप्राइज दिन बाँकी छ मेरे दोस्त ! हेर्दै जानुस् । आगोसँग खेले भष्म भइन्छ भन्ने बुझुन्’ लेख्दै ओलीका पछिल्ला कदमलाई सरप्राइज र प्रधानमन्त्रीलाई आगोसँग तुलना गरेका छन् । उनले आगोसँग नखेल्न सुझाव दिँदै खरानी हुने म्यासेज दिएका छन् । जन-आस्थाको सहयोगमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्