सञ्चारकर्मी तथा साहित्यकार डा लम्साल पुरस्कृत – Janadesh Daily | ePaper

सञ्चारकर्मी तथा साहित्यकार डा लम्साल पुरस्कृत


महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७'द्वारा साहित्यकार डा.लम्साल सम्मानित

वाग्मती । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरियो ।

उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उहाँलाई पुरस्कृत गर्नुभयो । धादिङमा जन्मिनुभएका लम्सालले लामो समयदेखि काठमाडौंँ रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । रेडियो नेपालका समाचार प्रमुख डा लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित छन् ।

गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु ५१ हजार बनाइएको हो । सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई दिइएको छ । कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्