मुख्यमन्त्री राई हेलिकप्टरमा ससुराली सरर, के यही हो कम्युनिष्ट आचरण ? (तस्बिरहरु) – Janadesh Daily | ePaper

मुख्यमन्त्री राई हेलिकप्टरमा ससुराली सरर, के यही हो कम्युनिष्ट आचरण ? (तस्बिरहरु)


जनादेश,, काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् ।

शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !’

उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् ।

‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ ।  किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

जनता महड.गी, भ्रस्टाचारले आक्रान्त छन् । सरकारका मुख्यमन्त्री मोज मस्ती मै व्यस्तछन् । धन्य मेरो देश भन्दछन् जानी फकारहरु ।

कोमविसाप' ले भन्योः 'गाउँ फर्किन चाहनेलाई यातायात र खानपिन बन्दोबस्त गर'/Gorkha Sandesh

जनताको खुट्टामा चप्पलछैन् । हिड्नको लागि सवासी साधन छैन् । हप्तौ हिडेर घर पुग्नु पर्ने वाध्यता छ। कम्युनिष्ट सरकारका मुख्यमन्त्री हेलिकप्टरमा ससुराली पुग्छन् । यिनले सिकेको कम्युनिष्ट आचरण के धोलीलाई सकेको हो ?

नेपालमा पछिल्लो समायमा कम्युनिष्ट आचरण विस्तारै स्खलित हुँदै गएको छ । आफ्नो व्यक्तिगत जीवनमा के गर्ने के नगर्ने भन्ने कुरा पार्टीका प्रमुख नेताहरु देखि कार्यकर्ता समेतले भुलि सकेका छन् ।

व्यक्तिगत पुँजीवादबाट प्रभावीत यस्ता कम्युनिष्ट कार्यकर्ताबाट आम जनताले के सिक्ने भन्ने प्रश्न आमरुपमा उठन थालेकोछ । स्वअध्ययन, अध्यापनको कमी, अरुको देखासिखी, भड्किले जीवनसैली र पार्टीको अनुशासन नमान्ने अहिलेका कम्युनिष्ट कार्यकर्ताको प्रमुख समस्या बन्दै गएकोछ ।

जीन्दगीमा नपाएको दुःख यसपालि पाइयो : पैदल यात्रु – Online Bussiness Khabar

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्