संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएका घातक खड्गलाई हटाउन ढिला नगरौं :भट्टराई – Janadesh Daily | ePaper

संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएका घातक खड्गलाई हटाउन ढिला नगरौं :भट्टराई


काठमाडौँ ।

जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने बताएका छन् ।

हालको प्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध लागेका ओलीलाई कसरी तत्काल पदबाट हटाउने भन्ने कुरा प्रार्थमिकतामा राख्न पर्ने भट्टराईले जनाएका छन् ।

‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो! ‘ उनले लेखेका छन् ।

ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाएपछि मात्रै अन्य कुरा समाधान गर्नतर्फ लाग्नुपर्ने जनाउँदै भट्टराईले लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला! कुनै गल्ती नगरौं!

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्