जनादेश सोसल मिडिया वाच ।
केपी ओली नेतृत्वको एमालेमै रहने कि विद्रोह गर्ने भन्ने दोधारबाट गुज्रिरहेका एमाले बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालको अवस्थाप्रति विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाले व्यङ्ग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा खगेन्द्रले ओलीसँग विद्रोह गर्न नसक्नु सांसद पदको लोभ देखाउनु भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘एमालेकाे माधव-झल गुट न ओल्लाे घाट न पल्लाे तीरकाे!यसका दुई विकल्प-कि ओली प्रवृत्तिकाे चरणमा आत्मसमर्पण कि गए सांसदकाे जागिर जाओस् भनेर विद्राेह।आत्मसमर्पण पनि गर्दिनँ,सांसदकाे जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु,सांसदकाे जागिर मरिगए छाड्दिनँ भन्नुसरह हाे।हैट्,लिच्चडमति!’
एमालेकाे माधव-झल गुट न ओल्लाे घाट न पल्लाे तीरकाे!यसका दुई विकल्प-कि ओली प्रवृत्तिकाे चरणमा आत्मसमर्पण कि गए सांसदकाे जागिर जाओस् भनेर विद्राेह।आत्मसमर्पण पनि गर्दिनँ,सांसदकाे जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु,सांसदकाे जागिर मरिगए छाड्दिनँ भन्नुसरह हाे।हैट्,लिच्चडमति!
— Khagendra Sangroula (@belakoboli) March 23, 2021
सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि एमालेभित्र ओली र माधव-झलनाथ समूह गरी दुई समूहहा विभाजित गुट सक्रिय छन् ।
गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा नेता नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर पार्टी फुटाउन खोजेको आरोप लगाइएको छ ।
महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण दिन पत्राचार गरेका थिए । ओली पक्षले माधव नेपाल समूहलाई कारवाहीको चेतावनी पनि दिइसकेको छ ।