जनादेश सोसलमिडिया वाच ।
एमाले नेता भीम रावलले भारतले देशको भूभाग मिचिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उदासिनता देखाएको आरोप लगाएका छन्।
दार्चुलामा विदेशीले नेपाल आमाको छातीमा कुल्चिरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता र कुर्सीको खेलमा मस्त रहेको नेता रावलको आरोप छ।
सामाजिक सञ्जालमा नेता रावलले लेखेका छन्, ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।’
देशको भूभाग कब्जा गरोस् वा अतिक्रमण गरोस्, प्रधानमन्त्री ओलीमा रहस्यमय मौनता देखिएको नेता रावलको टिप्पणी छ । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ता र कुर्सीका सामु प्रम केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो। रहस्यमय मौनता !’
दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता!
— Bhim Rawal, PhD (@BhimRawal179) March 23, 2021
ओलीको आलोचना गरेपछि एमालेमा रावल लगायतका नेताहरुलाई स्पष्टिकरण सोधिएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रावलले पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले नै स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।
नेपाल समूहको विद्यार्थी भेलालाई सम्बोधन गर्दै रावलले मंगलबार काठमाडौंमा भनेका थिए, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ ।
यो पनि हेर्नुस्-
अनुमान गरिएभन्दा फरक मोडमा देशको राजनीति !
अन्तर्राष्ट्रिय विश्लेषणः नेपालको सत्ता समीकरणमा चीन र भारतको फरक चाहाना