जनादेश सोसलमिडिया वाच ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःसर्त तुरुन्त रिहाइ गर्न माग गर्न र मोलतोलको विषय नबनाउन चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेको तथ्य बाहिरएपछि भट्टराईले आफ्ना मुद्दालाई सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनाउन चेतावनी दिएका हुन्।
थारूलगायत उत्पीडितको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ।
‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरुन्त र निःसर्त गर। थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर,’ शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो। यो क्षणिक सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’
रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर!थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर!यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो!यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!
— Baburam Bhattarai (@brb1954) March 26, 2021
प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ।
विहीबार माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले सडकमा बसेर सम्बोधन गरेका थिए । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको थियो ।
पहिले रेशम चौधरी लगायतका मुद्दामा अनुदार रहेका प्रधानमन्त्री ओलीले अहिले सत्ता जोगाउन जसपासँग उनको रिहाइ लगायतका सहमति गर्ने तयारी गरेका छन् ।
जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सत्ता विस्थापनको पक्षमा रहेपनि राजेन्द्र महतो र महन्थ ठाकुर लगायतका नेताहरु ओलीसँग सहकार्यको तयारीमा छन् । यसकै कारण जसपा विभाजन हुने अनुमान पनि बढेका छन् ।
यो पनि हेर्नुस्-
गृहमन्त्री बादललाई खगेन्द्र संग्रौलाको व्यङ्ग्यः हैट, नकटा !
माधव नेपालसहितका नेतालाई कठोर कारवाही गर्ने ओलीको तयारी
भीम रावलको संगीन आरोपः ओलीले १८ करोड हिनामिना गर्न खोजे (पूर्णपाठसहित)