शीर्ष नेताका नाममा योगेश भट्टराईको कडा ट्वीट, नाम नतोकेपनि कोप्रति लक्षित भन्ने स्पष्ट ! – Janadesh Daily | ePaper

शीर्ष नेताका नाममा योगेश भट्टराईको कडा ट्वीट, नाम नतोकेपनि कोप्रति लक्षित भन्ने स्पष्ट !


जनादेश सोसल मिडिया ।

नेकपा एमालेमा नेताहरुबीच जुहारी चलिरहेको बेला युवा नेता योगेश भट्टराईले बहस र विवादबारे कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा कसैको नाम नलिइ गरेको टिप्पणीमा योगेशले बहस र विवाद पनि स्तर मिल्नेसँग गर्नुपर्ने बताएका हुन् ।

आफूभन्दा जान्नेसुन्नेसँग बहस गर्दा केही सिक्न पाइने तर आफूभन्दा कनिष्ठसँग गर्दा समय र मानसिकता मात्र बर्बाद हुने उनको भनाइ छ।

‘वादविविवाद पनि आफूसमान वा आफूभन्दा सिनियर र जान्नेसुन्नेसँग गरियो भने फाइदा हुन्छ किनकि आफूले केही सिक्ने मौका पाइन्छ,’ नेता भट्टराईले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेकारका सँग त समयको बर्बाद र दिमाग खराब मात्र हो।’

योगेशले नाम नतोकेपनि यो ट्वीट बरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री केपी ओलीलक्षित रहेको बुझ्न भने कठिन छैन । शनिबारमात्र वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका थिए ।

Madhav Kumar Nepal photo:Kiran Panday

बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्कादिए पनि त्यहाँ आफूका लागि ढोका बन्दा भएको बताएका हुन्। उनले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजको भन्दै आफू नडराउने बताए । सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ठोका बन्द भएको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्