गोली हानेको भिडियो राखेर बाबुराम भट्टराईको आह्वानः तानाशाही स्वीकार्य छैन, मुख खोलौं – Janadesh Daily | ePaper

गोली हानेको भिडियो राखेर बाबुराम भट्टराईको आह्वानः तानाशाही स्वीकार्य छैन, मुख खोलौं


जनादेश सोसलमिडिया वाच ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसारका कुनै पनि कुनामा रहेका फौजी र गैरफौजी तानाशाही स्वीकार्य नभएको बताएका छन् ।

आइतबार बिहान ट्विट् गर्दै भट्टराईले म्यानमारमा भइरहेको नरसंहारविरुद्ध लोकतन्त्र पक्षधर सबैले आवाज उठाउनुपर्ने बताएका छन् ।

अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै उनले सचेत पनि गराएका छन् । उनले ट्वीटरमा म्यानमारमा भएको सैन्य दमनको भिडियो पनि राखेका छन् ।

म्यानमारमा सैनिक सत्ता विरुद्धको प्रदर्शनमाथि सुरक्षाकर्मीको बल प्रयोग बढ्दै जाँदा शनिबार एकै दिन कम्तीमा ११४ जनाको ज्यान गएको छ ।

प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकै दिन बालबालिकासहित ११४ जना भन्दा बढिको ज्यान गएको हो ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो ।

निरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् ।

एएपिपीका अनुसार ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ । म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या ४०० नाखेको छ ।

अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् ।

 

यो पनि हेर्नुस्- म्यानमारमा नरसंहारः एकैदिन १ सय १४ जना प्रदर्शनकारीको मृत्यु, अन्तर्राष्ट्रिय समुदाय आक्रोशित

शीर्ष नेताका नाममा योगेश भट्टराईको कडा ट्वीट, नाम नतोकेपनि कोप्रति लक्षित भन्ने स्पष्ट !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्