मेलम्ची आएपछि बाबुरामको प्रतिक्रियाः अनिमात्र हासौं… – Janadesh Daily | ePaper

मेलम्ची आएपछि बाबुरामको प्रतिक्रियाः अनिमात्र हासौं…


जनादेश सोसल मिडिया वाच ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएकोमा खुसी व्यक्त गर्दै अन्य आयोजना पनि समयमै पूरा गर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।

आफ्नै पालामा घोषणा भएका १७ वटा राष्ट्रिय गौरवका आयोजनाको काम अझै अधुरै रहेको भन्दै बाबुरामले ती पूरा गर्न स्मरण गराएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले आफू प्रधानमन्त्री हुँदा घोषित १७ राष्ट्रिय गौरवका आयोजनामध्ये अझै १६ वटाको काम सकिन बाँकी रहेको स्मरण गराएका हुन् ।

‘अन्तत : मेलम्चीको पानी काठमाडौंका धारामा झर्नु खुशीको कुरा हो,’ भट्टराई ट्वीटरमा लेखेका छन्, ‘पचास वर्षदेखिको सपना, २० वर्षको उतारचढाव र रू ३० अर्ब खर्चपछि आयोजना पूरा हुँदा सम्बन्धित सबैले जसअपजस पाउने नै छन्। त्यसमा माथापच्ची नगरौं मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ वटा बाँकी छन्। ती पूरा गरौं, अनि हाँसौँ !’

मेलम्चीको पानी काठमाडौं ल्याउन ५० वर्ष लागेको भनेर जनस्तरबाट नेतृत्वको आलोचना भइरहँदा पूर्व प्रधानमन्त्री भट्टराईले यसको जसअपजस सम्बन्धित सबैले लिनुपर्नेसमेत बताएका छन्।

यो पनि हेर्नुस्-

ओलीसँग बस्न नसकिने माधव नेपालको निष्कर्ष, प्रचण्डले आज पुनरावलोकन निवेदन दिने

म्यानमारको कहानीः नरसंहारपछि मलामीलाई गोली हान्ने आदेश, सेनाको ककटेल पार्टी

कसको दबाबमा छन् प्रचण्ड, ओलीलाई दिएको समर्थन फिर्ता लिँदा कसलाई फाइदा !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्