जनादेश सोसल मिडियावाच ।
प्रधानमन्त्री केपी ओलीले आफूले प्रतिगमन नगरेको र बदनाम गरिएको दाबी गरेपछि पूर्वप्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले उनलाई जवाफ दिएका छन् ।
बाबुराम भट्टराईले ओलीलाई प्रतिगमनको परिभाषा बतादिएका हुन् । भट्टराईले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमार्फत प्रतिगमन के के हुन् भनेर ६ बुँदामा उल्लेख गरेका हुन्।
प्रधानमन्त्री ओलीले आफ्ना पछिल्लो भाषणमा आफूलाई प्रतिगमन गरेको भनेर बदनाम गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
बाबुराम भट्टराईले शनिबार ट्विट गर्दै ओलीलाई प्रतिगमनको फेहरिस्त प्रस्तुत गरेका हुन् । ट्वीटरमा बाबुरामले लेखेका छन्, ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो केपी शर्मा ओली महोदय : १. संसद् विघटन गर्नु/पुनर्स्थापित संसद् चल्न नदिनु, २. संवैधानिक अंग कब्जा गर्नु/राज्यका सबै अंग सेटिङमा चलाउनु, ३. संघीयता अपांग बनाउनु, ४. टीआरसी, मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु, ५. भ्रष्टाचारको पहाड बनाउनु, ६. अर्थतन्त्र शून्य इत्यादि।’
अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli महोदय:१.संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु;२.संवैधानिक अंग कब्जा गर्नु;राज्यका सबै अंग सेटिॅगमा चलाउनु;३.संघीयता अपांग बनाउनु;४.TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु;५.भ्रष्टाचारको पहाड बनाउनु;६.अर्थतन्त्र शुन्य!इ!
— Baburam Bhattarai (@brb1954) April 3, 2021
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपाले प्रतिगमन भन्दै आन्दोलन गरेको थियो । तर अहिले आएर ओलीलाई समर्थन गर्ने कि बैकल्पिक समीकरण बनाउने भन्नेमा जसपाभित्र मतभेद देखिएको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग सहमति गरेर सत्ता जोगाइदिने पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सत्ता विस्थापन हुनुपर्ने अडानमा छन् ।
यो पनि हेर्नुस्-