वैदेशिक रोजगारीमा ज्यान गुमाएका १७ जनाको शव नेपाल आइपुग्यो, डा. भट्टराईद्वारा दु:ख व्यक्त – Janadesh Daily | ePaper

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १७ जनाको शव नेपाल आइपुग्यो, डा. भट्टराईद्वारा दु:ख व्यक्त


काठमाडौँ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल आइपुगेको छ । आइतवार बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

मृतक १७ जनामध्ये दुई जना युवा गोरखका थिए । गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि शव बुझ्न पुगेका थिए ।

डा.भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै मृतकका आफन्तको भाव विह्वल अवस्था देख्दा आफूले समेत आसु रोक्न नसकेको जनाएका छन् । ‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८ बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’, डा.भट्टराईले लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्