आर्थिक सहयोग हस्तान्तरण – Janadesh Daily | ePaper

आर्थिक सहयोग हस्तान्तरण


जनादेश काठमाण्डौ ।

टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित रु दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ ।

पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आउनुभएका उहाँको दुई वर्ष अघि भ¥याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । २५ वर्र्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन ।

उपचारमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उहाँकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ ।

सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गर्नुभएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्