गण्डकी प्रदेशमा थपिए १० कोरोना संक्रमित – Janadesh Daily | ePaper

गण्डकी प्रदेशमा थपिए १० कोरोना संक्रमित


जनादेश, काठमाडौँ ।

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

कास्कीका ५ जना, लमजुङका ३ जना तथा बाग्लुङ र तनहुँका १/१ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ३६० पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको अन्‍नपूर्ण गाउँपालिकाका १ पुरुष, १ महिला, पोखरा महानगरपालिकाका २ जना पुरुष, लमजुङको क्‍वालासोथर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुष र बाग्लुङको तमानखोला गाउँपालिकाका एकजना पुरुषमा सैक्रमण देअिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्