कोरोनाको डरः प्रमुख सहरका विद्यालय १ महिना बन्द गर्ने तयारी, यी क्षेत्र प्रमुख सतर्कतामा – Janadesh Daily | ePaper

कोरोनाको डरः प्रमुख सहरका विद्यालय १ महिना बन्द गर्ने तयारी, यी क्षेत्र प्रमुख सतर्कतामा


जनादेश अपडेट ।

काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

शनिबार बसेको बैठकले कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ ।

दोहोरी साँझ र डान्स बारमा कडाई

कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

सीसीएमसी बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्