जनादेश सोसल मिडिया वाच ।
प्रमुख दलका नेताहरुले केपी ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताइरहेका छन् । खासगरी कर्णालीमा एमालेका सांसदले ‘फ्लोर क्रस’ गरेपछि केन्द्रमा पनि ओली सरकार ढल्ने निश्चित जस्तै भएको छ ।
ओली सरकार ढल्ने बाँदल मडारिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी कसेर पाँच जना पूर्वप्रधानमन्त्री अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीवरुद्ध मोर्चाबन्दी कसेको थापाको आरोप छ।
र, पूर्वप्रधानमन्त्रीहरूको ‘संयुक्त मोर्चा’ अस्थिरता र छलछाममा संलग्न रहेको आरोपसमेत सल्लाहकार थापाले लगाएका छन्।
एक = पाँच
प्रधानमन्त्री
केपी शर्मा ओली – एक
= पूर्वप्रधानमन्त्रीहरू
शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल,…Posted by Surya Thapa on Tuesday, 20 April 2021
केपी ओलीले मंगलबारमात्र आफ्नो समूहमा आउन नमानेका र आफूलाई धोका दिने सम्भावना रहेका सांसदलाई उनले ‘संसद्को सदस्य पदबाट किन नहटाउने ?’ भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेका छन् । योसँगै एमाले विभाजनको सन्निकट पुगेको छ ।
आफूहरुलाई सांसदबाट हटाउनेगरी नै स्पष्टीकरण सोधिएको नेपाल पक्षका सांसदहरु बताउँछन्। तर, ओलीले ती सांसदलाई पदमुक्त गरे ओली सरकार झनै अल्पमतमा पर्ने र बैकल्पिक सरकार बन्ने बाटो खुल्ने देखिएको छ ।