तीन जिल्लाका सिडिओको बैठक र मन्त्रिपरिषद् बैठक पनि आजैः महत्वपूर्ण निर्णयको प्रतीक्षा – Janadesh Daily | ePaper

तीन जिल्लाका सिडिओको बैठक र मन्त्रिपरिषद् बैठक पनि आजैः महत्वपूर्ण निर्णयको प्रतीक्षा


जनादेश अपडेट ।

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक आज बस्दै छ । आजको बैठकले उपत्यकामा निषेधाज्ञा वा लकडाउन नै लगाउन सक्ने सम्भावना छ ।

कोरोना संक्रमितहरू बढीरहेको सन्दर्भमा उपत्यकाका तीन जिल्लाका सीडीओहरूले छलफल गर्न लागेका हुन् । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सयभन्दा बढी संक्रमित रहेका शहरी जिल्लामा निशेधाज्ञा जारी गर्न सिफारिस गरेको छ ।

हालसम्मको तथ्यांकअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितहरूको संख्या ५ सयभन्दा बढी छ । कोरोनाले भयावह स्थिति सिर्जना गर्न लाग्यो भनेर चिन्ता व्यक्त भइरहँदा तीन जिल्लाका सीडीओहरूको बैठक हुन लागेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले कोरोनाको जोखिम नियन्त्रणका विषयमा बैठकमा छलफल हुने जनादेशलाई बताए । उनका अनुसार निषेधाज्ञा, अत्यावश्यक सेवा तथा अरु सेवालाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा बैठकले निर्णय लिने छ । तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् ।

आजै मन्त्रिपरिषद् बैठक पनि

मन्त्रिपरिषदको नियमित बैठक पनि आजै बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ ।


आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

यो पनि हेर्नुस्- गण्डकी प्रदेश ढाल्ने अविश्वास प्रस्ताव आज आउँदै, दुवैतिर ‘फ्लोर क्रस’को आतंक

सरकारको संकेतः यसकारण हुनसक्छ काठमाडौंसहित ९ जिल्लामा तत्कालै लकडाउन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्