सरकारको संकेतः यसकारण हुनसक्छ काठमाडौंसहित ९ जिल्लामा तत्कालै लकडाउन – Janadesh Daily | ePaper

सरकारको संकेतः यसकारण हुनसक्छ काठमाडौंसहित ९ जिल्लामा तत्कालै लकडाउन


जनादेश अपडेट ।

सरकारले देशव्यापी लकडाउन गर्ने योजना नरहेको बताएपनि काठमाडौंसहित केही स्थानमा तत्काल लकडाउनको सम्भावना बढेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बस्ने बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा गर्ने सम्भावना छ ।

सीसीएमसीको आइतबारको बैठकले सहरी क्षेत्रमा ५०० भन्दा सक्रिय संक्रमितको संख्या नाघे स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउनलगायतका निर्णय गर्नसक्ने भनी मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो।

काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले कडाइको विकल्प नभएकाले के गर्ने भन्नेबारे सोमबारको बैठकले निर्णय गर्नेछ। उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ।

संक्रमितको संख्या पहाडमा २ सय र सहरमा ५ सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका ९ जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै ५ सय नाघिसकेका छन्।

सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेका अन्य ६ जिल्लामा मोरङ, पर्सा, कास्की, रूपन्देही, बाँके र दाङ हुन्।

त्यसैकारण काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ (निषेधाज्ञा) गरिने सम्भावना छ। उपत्यकाका तीनै जिल्लामा आजै लकडाउन गरिने सम्भावना छ।

बाँकेमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी जारी गरेको छ भने रूपन्देहीमा सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ।

यो पनि हेर्नुस्- 

उद्घाटन र शिलान्यास गर्दै हिँडेका ओलीलाई कमल थापाले दिए चेतावनीपूर्ण सुझाव

कोरोना महामारीः शिक्षण संस्था बन्द, आजदेखि सबै परीक्षा स्थगित

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्