‘नेकपा एमाले दर्तामा ओली नै सक्रिय’ : प्रचण्ड – Janadesh Daily | ePaper

‘नेकपा एमाले दर्तामा ओली नै सक्रिय’ : प्रचण्ड


जनादेश, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको जनाएका छन् ।

पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित उक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा जनाएका हुन् । पार्टीले लिएका निर्णय नै कार्यान्वयन नभएको जनाउँदै प्रचण्डले भने ,’ कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै उनले भने, ‘हामी सामूहिक नेतृत्वमा चल्न सक्यौं कि सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/ ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं ।’

बैठक नै बस्न नसकेका कारण सामूहिक छलफल समेत हुन नसकेको उनले बताए । ‘हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो उनले भने सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ ।’

जनतालाई सुशासनको वाचा गरेपनि भ्रष्टाचारसँग जोडिएर श्रृङ्खलाबद्ध रूपमा प्रश्न उठेको बताउदै प्रचण्डले आफूहरु कति सफल भयौं वा भएनौं हेर्नुपर्ने बताए ।

हालै भएका धेरै जसो बैठकमा ओलीको उपस्थिती नरहेको बारे प्रश्न उठाउदै प्रचण्डले पार्टीमा बैठक बस्न नै निकै ठूलो कसरत गर्नुपर्ने अवस्था आएको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्