निषेधाज्ञामा थप कडाईः पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य, यी कुरामा दिनुस् ध्यान – Janadesh Daily | ePaper

निषेधाज्ञामा थप कडाईः पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य, यी कुरामा दिनुस् ध्यान


जनादेश वाच ।

सरकारले आजदेखि निषेधाज्ञालाई थप कडा बनाउन थालेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

शनिबारमात्र कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अब निषेधाज्ञाका बेला आवागमन लगायतका गतिबिधिका लागि जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले सञ्चालन गर्न दिएका कार्यालयकै परिचयपत्रका आधारमा आवतजावत गर्न दिइएको थियो ।

पत्रकारलाई पनि कडाई
सरकारले पत्रकारलाई पनि आवागमनमा थप कडाइ गर्ने भएको छ । पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाई गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो। हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले व्यवस्थापन गर्ने भएको छ। अन्य अत्यावश्यक बाहेकका अन्य कार्यलयहरुमा पनि एकचौथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ।

सीसीएमसीले उद्योग व्यवसाय सञ्चालन र क्वारेन्टिन व्यवस्थापनमा पनि थप कडाइ गर्ने निर्णय गरेको छ।

हेर्नुस् नयाँ निर्णयहरुः

[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2021/05/CCMC-Decision30Apr.pdf”]

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्