माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै – Janadesh Daily | ePaper

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बैठकमा पार्टीको विधान,पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

यसैगरी बैठकमा आगामी वैशाख १७ गते हुने उपनिर्वाचन,नयाँ गठबन्धनपछि सृजित राजनीतिक परिस्थितलगायत विषयमा छलफल हुने जनाइएको छ।

यसअघि फागुन २८ गतेलाई बोलाइएको स्थायी समिति बैठक स्थगित भएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्