आईपीएल क्रिकेटः पञ्जाबलाई हराउँदै दिल्ली पुनः लिगको शीर्ष स्थानमा – Janadesh Daily | ePaper

आईपीएल क्रिकेटः पञ्जाबलाई हराउँदै दिल्ली पुनः लिगको शीर्ष स्थानमा


जनादेश स्पोर्ट्स ।

दिल्ली क्यापिटल्स पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्