जनादेश, काठमाडौँ ।
एमाले नेतृ रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि लिएरै डुब्ने बताएकी छन् । नेपाल खनाल समूहकी नेतृ झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीलाई संकेत गर्दै सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने दम्भ, अहंकार र जिद्दी छोड्न सुझाव दिएकी छन् ।
उनले लेखेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ, यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’