भारतबाट सुरु भएको दोश्रो लहर कहिले रोकिन्छ ? यस्तो छ वैज्ञानिकहरुको दाबी – Janadesh Daily | ePaper

भारतबाट सुरु भएको दोश्रो लहर कहिले रोकिन्छ ? यस्तो छ वैज्ञानिकहरुको दाबी


अन्तर्राष्ट्रिय अपडेट ।

भारतबाट सुरु भएको काेराेनाकाे दाेस्राे लहर मे अन्तिमसम्म कम हुने दाबी गरिएकाे छ। भारतीय वरिष्ठ भाइरलाेजिष्ट गगनदीप कांगले मे अन्तिमसम्म काेभिड १९ काे दाेस्राे लहर कम हुने दाबी गरेकी हुन् ।

‘अहिले संक्रमणकाे जुन माेडल देखिएकाे छ यसलाई हेर्दा मेकाे मध्यतिर संक्रमणकाे ग्राफ ओरालाे लाग्ने देखिन्छ,’ कांगले भने, ‘केही माेडल हेर्दा जुनकाे शुरुवातसम्म कम हुनेछ।’

कांग भारतकी पहिलाे महिला वैज्ञानिक हुन्। उनी भाइरल र बैक्टिरियाले हुने राेग नियन्त्रणका लागि गरिने अनुसन्धानकाे एक सदस्य हुन्।

उनले भारतमा लगाइरहेकाे भ्याक्सिन काेविशिल्ड र काेभ्याक्सिनमा भइरहेकाे गलत प्रचारमा विश्वास नगरी भ्याक्सिन लगाउन पनि आग्रह गरिन्। छिटै भारतमा खाेपकाे अन्य विकल्प पनि उपलव्ध हुने उनले बताइन्।

भ्याक्सिनले बिरामीलाई बचाउने तथा सुरक्षा दिने भएकाले भ्याक्सिन लगाउन उनले आग्रह गरिन्। देशमा काेराेनाकाे दाेस्राे लहर मध्यमवर्ग र ग्रामीण इलाकामा विस्तार भएकाले जटिल अवस्था भएकाे उनले बताए। पहिलाे लहरका क्रममा नपुगेकाे क्षेत्रमा अहिले काेराेना फैलिएकाेले अवस्था भयावह भएकाे उनकाे भनाइ छ।

यो पनि हेर्नुस्- एकतिहाई भन्दा कम जिल्लामात्र निषेधाज्ञारहित, यी जिल्लामा पनि लागे देश लकडाउनमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्