महाभारत फेरि किन लडिदैछ ? – Janadesh Daily | ePaper

महाभारत फेरि किन लडिदैछ ?


इन्द्र बस्यालः प्रमुख प्रशासकीय अधिकृत, भक्तपुर नगरपालिका

महाभारत पढिसके पछि
काे नायक ? काे खलनायक? छुट्याउन खाेज्छु
एउटा पक्षकाे समर्थनमा ताली बजाउन खाेज्छु
लाक्ष्यागृह, द्रुत क्रीडा, द्राैपदी बस्त्रहरणकाे बेदनाबाट
पाण्डव प्रति समर्थन गर्न खाेज्छु
युद्ध संग्राममा भीष्म, दाेर्ण र कर्णकाे हत्या
दुर्याेधनकाे ताेडिएकाे जङ्घाले धर्म युद्ध ताेडिन्छ
काैरवहरू युद्धबाट पराजित हुँदै गर्दा
कृष्णकाे छल र कुटनीतिवाट पाण्डव बिजेता हुनै लाग्दा
पाण्डु पुत्रहरू अाधा रातमा काटिन्छन्
युधिष्ठिर बन्धुबान्धवकाे रगतमा टेकेर
राजसिंहासनमा बस्दा सवै अाफन्त गुमाई सकेपछि
महाराजकाे पद्वबीले अाफैलाई सन्ताब दिन्छ
युधिष्ठिर साेध्छनन् के युद्ध मैले साच्चै नै जितेकाे हुं र ?
भीष्म देखि अभिमन्नु सम्मकाे रगतकाे बलिबेदिमा उभिएर
प्राप्त हुन अाएकाे युधिष्ठिरकाे राजपाठले
स्वयम् पाण्डवलाई जिस्क्याई रहेकाे छ
महाभारत केकाे लागि लडिएकाे थियाे ?
दुबै पक्षका गुमाएर प्राप्त गरेकाे हस्तिनापुरमा
युधिष्ठिर महाराजकाे गद्दी अाराेहण
कर्तव्य निर्वाहमा मात्र सिमित हुन्छ
बिजय उत्सबकाे कुन‌ राैनक छैन
दाजु भाईकाे युद्धमा काे बिजेता हुन्छ र ?
जसलाई घात लागे पनि गुमाउने त अाफ्नै हाे
घृतराष्टकाे महत्वकांक्षा, दुर्याेधनकाे अहंकारबाट
पाण्डव काैरवकाे सत्ताकाे भिडन्तमा
भारत वर्षका राजा र सेना युद्धमा भिडेकाे थिए
पाण्डव र काैरव जसले जिते पनि
दुबै तर्फकाे हुने बिजेता हस्तिनापुर कै राजकुमार थिए
युद्ध युधिष्ठिर र दुर्याेधन जुनले जिते पनि
राज्यसत्ता कुरूबंशमा नै सिमीत थियाे
युद्धले भारत बर्ष भरिमा बिनास पुर्याए पनि
हारजित दाजु भाइ मै थियाे ।
महाभारतका युद्ध फेरि दाेहरिदैछ
सत्ता र शक्तिकाे लागि दाजुभाईमा युद्ध लडिदैछ
दाजुभाईकाेकाे द्वन्दमा फेरि अनाहकमा
हार जितमा न पाउने न गुमाउने
निर्दाेषहरूलाई बलिबेदिमा चढाईदैछ
महाभारत कथा फेरि बर्तमान बनेर
तपाईं हामीलाई जिस्काउदैछ ।
#स्रोतःफेसबुकवालबाट
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्