टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’ – Janadesh Daily | ePaper

टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’


काठमाडौँ ।

डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजेता कलाकार जोडी ‘द चेन स्मोकर्स’ सँग सहकार्य गरी नयाँ संगीत पेस गर्ने जनाइएको छ । द चेन स्मोकर्सले नेपालको फोल्क–रक ब्यान्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्नेछ ।

एलेक्स पालले १९७४ एडीसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्ने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं,’ उनले भने, ‘टुबोर्गले विश्वका दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल भएको छ । नत्र हामीले एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । अब हामी नेपाल आउँदा घुलमिल गर्ने साथी पाउने भयौं ।’ टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरूलाई जोड्दै संगीतको माध्यमबाट मानिसलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहन गर्छ ।

प्रोजेक्टबारे ड्रिउ टग्गार्टले भने, ‘हामी सधैं विश्वका सिर्जनशील कलाकारहरूसँग काम गर्ने नयाँ तरिका खोजिरहेका हुन्छौं । हामीले धेरै सांगीतिक सहकार्य गरेका छौं । हाम्रा आफ्नै गीतहरूमा सहकार्य गरेका छौं । यसले हामीलाई धेरै सिकाएको छ । यस्तो अवसर अरू कलाकारलाई दिनु हाम्रा लागि महत्त्वपूर्ण छ ।’ १९७४ एडीले यो सहकार्य आफूहरूका लागि नयाँ अनुभव हुने जनाएको छ । द चेन स्मोकर्ससँगको सहकार्यले दर्शक खुसी हुने विश्वास पनि १९७४ एडीले लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्