पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड १९ नियन्त्रणको अर्थ राजनीतिमा केन्द्रित हुन आह्वान गरेका छन् ।
शुक्रवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा। भट्टराईले तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन तथा वितरण, वेड, उपकरण, जनशक्ति तथा खोप लगायतको व्यवस्थापन युद्धस्तरमा गर्न आह्वान गरेका छन् ।