जनादेश, काठमाडौं ।
नक्कली नोटसहित काठमाडौँको सेन्टजेभियर्स कलेजमा अध्यनरत २२ वर्षे युवक पक्राउ परेका छन् ।
अनलाइन साइटमा बेच्न राखिएको स्मार्ट फोन किन्दा प्रशान्त सिंह ठकुरी पक्राउ परेका छन् । एक जना मानिसले ‘भिभो–३’ मोवाइल बेच्न अनलाइनमा सूचना राखेका थिए । सिंह र मोबाइल बिक्रेताबीच स्वयम्भुमा भेटेर २० हजार पाँच सयमा मोबाइल किनबेचको कुरा भएको थियो । सो रकम नक्कली भएको शंका लागि मोबाइल बेच्ने व्यक्तिले प्रहरीमा खबर गरेका थिए । १९ हजार नक्कली नोट रहेको थाहापाएपछि प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहमाथि थप अनुससन्भान भइरहेको प्रहरीले जनाएको छ ।