जनादेश, काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जालझेल गर्ने दुष्प्रयास भए अवसरवादी र प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न शीतल निवास पुगेका बाबुरामले ट्वीटमार्फत खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे आम जनता प्रतिवाद गर्नुपर्ने जनाएका हुन ।
‘धारा ७६ ९२० बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु-जालझेल गरी टार्ने ठाउॅ छैन’, बाबुरामले ट्वीट गरेका छन्, ‘खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी–प्रतिवाद गर्नुपर्छ है।’