राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ: गगन थापा – Janadesh Daily | ePaper

राष्ट्रपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ: गगन थापा


जनादेश, काठमाण्डौं । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् ।

शुक्रबार साँझ ट्वीट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् । ‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भीरबाट खस्नेलाई राम राम (२/२)’ थापाको ट्वीटमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति भण्डारीले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै बिहीबार पनि राष्ट्रपतिलाई महाअभियोग र ओलीलाई नयाँ सरकार बनाएर हटाउनु पर्ने ट्वीट गरेका थिए ।

यस्तै सांसद थापाले प्रधानमन्त्री ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगतमात्र होइन, अवैधानिक र अनैतिक भएको टिप्पणी गरेका छन् ।

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै’ म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले’ विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आह्वान गर्ने ।

अब फेरि जालझेल ! (१/२) । यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगतमात्र होइन, अवैधानिक र अनैतिक छ,’ थापाको ट्वीटमा लेखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्