कविता-कसरी आऊ आमा घर ? – Janadesh Daily | ePaper

कविता-कसरी आऊ आमा घर ?


डा. शैलेन्द्रविक्रम गिरी

टुटेको दलिन
फुटेको एैना
भाँचीएको खम्बा
चुहिने छानो
ल्याउ जमेका घरका भित्ता
खाली गोठ खाली उरीम
खाली डालो खाली थुन्से
खाली धन्सार अनि आटी
नभरी कसरी आउनु आमा घर ?
घर यो प्रदेशी मुख देखाउन ।

किलामा झुण्डिएका बा का
एक थान पुराना जड्यौरी
फाटेका च्यातिएका थौत्रा कपडा
शरीरमा झुण्डिएका आमाका
नुहाएर सुकाई फेर्ने
त्यो सायाँ गुन्यु चोलो अनि पछ््यौरी
नफेरी कसरी आउनु आमा घर ?

घर यो प्रदेशी मुख देखाउन ।
किलामा झुण्डिएका बा का
एक थान पुराना जड्यौरी
फाटेका च्यातिएका थौत्रा कपडा
शरीरमा झुण्डिएका आमाका
नुहाएर सुकाई फेर्ने
त्यो सायाँ गुन्यु चोलो अनि पछ््यौरी
नफेरी कसरी आउनु आमा घर ?
घर यो प्रदेशी मुख देखाउन ।

नानीबाबुको स्कूलको शुल्क
बिउँ मलखात मजदुरको ज्याला
विदेश आउँदा धरौटीमा राखेको
श्रीमतिको मंगलशुत्र अनि झुम्का
ससुरालीले दिएको मेरो
औठी अनि सिक्री फिर्ता
नगरी कसरी आउनु आमा घर ?
घर यो प्रदेशी मुख देखाउन ।

कम्पनीले समयमा तलब दिर्दैनन्
मागेको समयमा विदा मिल्दैन
दलालले समन्बय सहयोग गर्दैनन्
डेरा भाडा रासन खर्च दैनिक खर्च
गुजँरा चलाउनै कठीन छ विदेशमा
दुई चार पैसा नकमाई यहाँ
खाली हात कसरी आउनु आमा घर ?
घर यो प्रदेशी मुख देखाउन ।

# कार्यकारी निर्देशकः
# स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुर
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्